उपत्यकाबाहिर भेटियो कोरोना संक्रमित
हेटौडा । १४ चैत । नेपालमा चौथो कोरोना संक्रमित व्यक्ति भेटीएका छन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) को चौथो संक्रमित भेटिएका छन।
उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ
प्रतिक्रिया दिनुहोस्: