Bagmati Samachar Logo

मकवानपुरबाट लकडाउन अवज्ञा गर्ने ४९ जना पक्राउ

हेटौडा । १३ चैत । मकवानपुरमा लकडाउन अवज्ञा गर्ने ४९ जनालाई प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले एक सप्ताहकोलागि पुरा देश लकडाउन गरेको छ । लकडाउनको आज तेस्रो दिन हो । लकडाउनमा कोहि पनि व्यक्ति अति आवश्यक कामबाहेक घर बाहिर निस्कन पाउदैनन् । तर मकवानपुरमा भने बिना काम घरबाहिर निस्केका व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पछि उनीहरुलाई दिनभर राखेरे छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले बताए ।