चिनियाँ कम्पनीले नेपाललाई कोरोना परीक्षण गर्ने २ हजार किट दियो
काठमाडौं । १२ चैत । नेपाललाई कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट एक चिनियाँ कम्पनीले सहयोगस्वरुप उपलब्ध गराएको छ ।
चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई निःशुल्क रूपमा किट उपलब्ध गराएको हो ।
किट हस्तान्तरण गर्दै उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले नेपाललाई चाँडोभन्दा चाँडो कोरोनाको त्रासबाट मुक्त भएको हेर्न चाहेको बताए ।
चीनका लागि कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार बेइजिङबाट ती सामग्री बिहीबार नै तिब्बतको ल्हासा पुग्नेछन् । त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै ती सामग्री नेपाल ल्याइने छ ।
प्रति टेस्टिङ किटबाट एक जनामा कोरोना भाइरसको परीक्षण गर्न सकिने महाप्रबन्धक वाङ कुओफिङले बताए ।
प्रतिक्रिया दिनुहोस्: