Bagmati Samachar Logo

बागमति प्रदेश सरकारले कोरोना नियन्त्रण समितिको सचिवालय बनाउने

हेटौंडा । ७ चैत । बागमति प्रदेश सरकारले कोरोना भाईरसको महामारीबाट बच्नकोलागि समिति बनाउने भएको छ ।
प्रदेश सरकारले बिहिबार प्रदेशको सबै जिल्लामा तयारीलाई अघि बढाउँदै क्वारेन्टाईन सहितको अन्य ब्यवस्था गर्ने निर्णय गरेको भोलिपल्टै आज बसेको बैठकले हेटौँडा ११ मा रहेको आपतकालीन केन्द्रलाई समितिको सचिवालयको रुपमा विकास गर्ने निर्णय गरेको छ ।
शुक्रबार हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिको बैठक कोरोनाको रोकथाम र यदि संक्रमण देखिए उपचारको प्रवन्ध गर्न अत्यावश्यक सामग्री तत्काल दिने निर्णय गरेको छ । सचिवाललाई २४ औँ घण्टा सञ्चालनमा ल्यउने गरि काम सुरु गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले बागमती प्रदेशको सबै सार्वजनिक यातायातको निगरानी गर्ने, विदेशबाट फर्केकाहरुको अभिलेख राख्ने, विभिन्न भिडभाडको स्थानमा हेल्थ डेक्स राख्ने निर्णय समेत गरेको छ । बैठकले प्रदेशको १३ जिल्लामानै बिहान र बेलुकी माईक मार्फत कोरोनाबारे सचेतना प्रवाह गर्ने समेत निर्णय गरेको छ ।

प्रदेश सरकारले निर्माण गरेको सचिवालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने छन् ।