Swornakshar Logo

‘३ हप्ता विद्यार्थीलाई स्कुल नबोलाउनू, भर्ना नगर्नू’

काठमाठौं । ४ चैत । सरकारले ३ हप्ता विद्यार्थीलाई स्कुलमा नबोलाउन अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् ।

‘अब ३ हप्ता विद्यार्थीलाई विद्यालयमा भर्ना र प्रवेश परीक्षा भनेर नबोलाउन विद्यालयहरूलाई भनेका हौँ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन गर्ने समयसम्म विद्यालय बन्द नै हुने भएकाले ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन भनिएको हो ।ु

सरकारले अभिभावक दिवसलगायतका कार्यक्रम पनि नगर्न विद्यालयहरूलाई भनेको छ ।

कक्षा १ देखि ९ सम्मको परीक्षा भोलि सकिँदै छ । कोरोना भाइरसका कारण विद्यालयको परीक्षा अगाडि सारिएको थियो ।
पर्सिबाट एसईईको परीक्षा सुरु हुँदै छ । परीक्षा केन्द्र रहेका विद्यालय भने खुला रहनेछन् ।