Swornakshar Logo

हेटौंडाबाट लागूऔषध डाईजेपाम सहित २ जना पक्राउ

७ फागुन । काठमाडौं । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले बागमती प्रदेशको राजधानी हेटौंडाबाट २ जनालाई लागू औषध डाईजेपाम सहित पक्राउ गरेको छ । बिरगंजबाट हेटौंडा तर्फ आउदै गरेको ना ८ ख २८३१ नंबरको बस हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ रातोमाटे चेक पोष्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई लागूऔषध डाईजेपाम सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ पिप्ले बस्ने वर्ष २५ का सुवाष अर्याल र वडा नंबर ८ कमाने बस्ने वर्ष २५ का बिकाश कार्की रहेका छन् ।

प्रहरीले अर्यालको साथबाट डाईजोपाम १६ एम्पुल,फेनरागन १६ एम्पुल,नोर्फिन १६ एम्पुल गरि जम्मा ४८ एम्पुल र कार्कीको साथबाट डाईजोपाम १५ एम्पुल,फेनरागन १५ एम्पुल,नोर्फिन १५ एम्पुल गरि जम्मा ४५ एम्पुल बरामद गरेको छ ।

आवश्यक थप अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ ।