Swornakshar Logo

रसियाली प्राध्यापकले गरे प्रेमिकाको टुक्रा टुक्रा

२६ कार्तिक । काठमाडौं । रसियामा इतिहासका एक प्राध्यापकले आफ्नो प्रेमिकाको टुक्रा टुक्रा पारि हत्या गरेका छन् । हत्या पछि झोलामा उनको हात बोकेर फाल्ने क्रममा उनि पक्राउ परेका छन् । ६३ वर्षीय प्राध्यापक ओलेग सोकोलभ मदिराले लठ्ठ सोकोलभ झोलासहित खोलामा ढलेका थिए ।

प्राध्यापककी प्रेमिका उन्कै पूर्वविद्यार्थी अनासटासिया यसचेन्को रहेको बताइएको छ । प्रहरीले प्राध्यापकको घरबाट २४ वर्षीय यसचेन्कोको शव टुक्रा टुक्रा अवस्थामा फेला पारेको छ । प्राध्यापकले हत्या गरेको स्विकारेको उनका वकिल बताउँछन् ।

आफु निकै तनावमा रहेको र विवादका क्रममा प्रेमिकाको हत्या गरेको प्राध्यापकले बताएका छन् । उनको टाउको, हात तथा खुट्टा काटेको पनि प्राध्यापकले बताएका छन् । नेपोलियनबारे अनगिन्ती पुस्तक लेखेका प्राध्यापक साकोलभले फ्रान्सको सर्वोच्च पुरस्कार पाएका थिए । उनी र उनकी प्रेमिका यसचेन्कोले फ्रान्सको इतिहास पढेका थिए ।

विद्यार्थीहरूको नजरमा उनी विद्वान् गुरु थिए, जो फ्रान्सेली भाषाका ज्ञाता थिए । उनी फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स एन्ड पोलिटिक्स (इसेप) नामक एउटा वैज्ञानिक समितिको सदस्य थिए ।