Swornakshar Logo

चरेससहित सिजाली नागढुङ्गावाट प्रहरी नियन्त्रणमा

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले तीन किलो १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगाबाट मकवानपुर थाहा नगरपालिका वडा न. ७ घर भएका ५३ वर्षिय लक्ष्मण सिजाली मगरलाई चरेससहित पक्राउ परेका गरेकाे हाे ।

काठमाडौँ तर्फ आउँदै गरेको बा ३ ख ९६७३ नम्बरको बस चेक जाँचकाे क्रममा लागुऔषध चरेससहित मगरलाई पक्राउ गरेकाे महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले जानकारी दिनुभयाे । पक्राउ परेका सिजालीलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएकाे छ ।