लागुऔषधसहित एक जना पक्राउ
काठमाडौँ । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पर्सामा पक्राउ परेका छन् । लागुऔषध लिएर नेपाल आउँदै गर्दा पर्साको वीरगन्ज वीरगन्ज महानगरपालिकाबाट सिन्धुपाल्चोकका एक युवक पक्राउ परेका हुन् ।
पक्राउ परेका युवक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ९ का २६ वर्षीय सम्राट तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तामाङले भारतको रक्सौलबाट तयारी अवस्थाको डाइजोपाम, फेनारगन र नुर्फिन १५⁄१५ थान लिएर वीरगन्ज भन्सार एरियामा आइपुगको समयमा इनर्वाबाट पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: