Swornakshar Logo

गाँजा बेच्ने ३ जना र उनीहरुलाई छुटाउन घुस दिने १ जना पक्राउ

तीन जना गाँजा व्यापारी र उनीहरुलाई छुटाउन घुस दिन खोज्ने एकजनासहित ४ जना धरान प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाबाट २० केजी गाँजा लिएर आउँदै गरेका ३ जनालाघ प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छुटाउनका लागि प्रहरीलाई नै घुस दिन खोज्ने १ जनालाई आइतबार इलाका प्रहरी कार्यलय धरानले पक्राउ गरेको हो ।को ९ प ५७२५ नम्बरको मोटरसाइकलले स्कर्टिंग गरी को १ ह ६२५० नम्बरको टेम्पोमा २० केजी गाँजा ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।गाजासहित पक्राउ परेकालाई छुटाउन प्रहरीलाई घुस दिएर उनीहरुलाई छुटाउन ५० हजार बोकेर विराटनगरबाट आएका मुख्य कारोबारीलाई समेत प्रहरीले नगदसहित पक्राउ गरेको हो ।

धनकुटाको पाख्रिबास नगरपालिका ६ का ३५ वर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ का २३ बर्षीय आइते भन्ने मदन राई सहित टेम्पोलाई अघि अघि स्कर्टिङ गर्ने मोटरसाइकल चालक शहिदभुमी गाउँपालिका ३ घर भई हाल धरान १७ बस्ते २३ बर्षीय विजय राईलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक सुमन कुमार तिम्सिनाले बताए ।

उनले प्रहरीलाई ५० हजार घुस दिएर उनीहरुलाई छुटाउन आएका विराटनगर महानगरपालिका १५ का ३६ वर्षीय सुरज कुमार साहलाई समेत नियन्त्रणमा लिई कारबाही सुरु गरिएको जानकारी दिए ।