Swornakshar Logo

दलाल र भ्रष्टाचारीको घेराभित्र बसेर समृद्धि आउँदैनःजनार्दन शर्मा 

१ फागुन । काठमाडौं । जनयुद्ध आफैँ जनयुद्धमात्रै नभएर विभिन्न आन्दोलनको नेतृत्व गरेको नेकपाका नेता जनार्दन शर्माले बताए । राजधानीमा भएको जनयुद्धको दिवसकोअवसरमा भएको सांस्कृतिक कार्यक्रममा बोल्दै उनले भने‘ सवै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंगका जनताहरुका विविध आन्दोलनको नेतृत्व गरेको हो ।’

जनयुद्ध जनताको ऐतिहासिक पहलकदमी, परिवर्तनको ऐतिहासिक प्रक्रिया र एउटा युगान्तकारी प्रवाह भएको बताए । ठूलो त्याग, बलिदान र नेतृत्वको दृढ विश्वासको योगमा आजको नेपाल, सार्वभौम जनताको नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल, समावेशी समानुपातिक प्रतिनिधित्वसहितको व्यवस्था पाएको बताए ।

राज्यले सवैभन्दा तल्लो वर्गलाई राज्यले लगानी गर्नुपर्छ । दोस्रो, जो उत्पीडित छौ, प्रताडितहरुलाई संघीय सरकारले आफ्नो साथमा लिनुपर्छ । त्यसरी साथमा लियो भने मात्र हाम्रो राष्ट्रियतालाई बलियो बनाउन सकिने बताए ।
जनतासँग जोडिएको छैन समृद्धिको अभियान
अहिले सरकारले समृद्धिको अभियानको नारा दिइरहेको छ । तर त्यो नारा जनतासँग नजोडिएको मा सरकारको आलोचना गरे । लाखौं, करोडौं आम नेपाली जनतालाई समृद्धिको नारासँग जोडेर उनीहरुलाई परिचालन गरेर मात्रै समृद्धि आउने र समाजवाद निर्माणको दिशातिर जान सकिने बताए ।
जनयुद्ध कुनै व्यक्ति विशेषका विरुद्ध नभई राज्य र राज्यसत्ताका विरुद्धको विद्रोह भएको बताए । राज्यसत्ताका विरुद्ध विद्रोह गरेर त्यसले स्थापित गरेको आज सरकार भएको हो । तर यो सरकार संग पूर्ण राज्यसत्ता नभएको बताए ।
आज हजारौँ घाइते अपाङ्गहरु छन् । ती घाइते अपाङ्गहरुको सम्मान, संरक्षण र व्यवस्थापन गर्नुपर्छ । हजारौँ हजार जनमुक्ति सेनाहरु हिजो अग्रपंक्तिमा लडेका थिए । आज तिनीहरुको, परिवर्तनको लागि लड्नेहरुको सम्मान गरिनु जरुरी छ । आज कोही वर्हिगमित भनेर भौंतारिएर हिँड्नुपर्ने, जनयुद्धमा लागेवापत आज कतिपय ठाउँमा हेपिनुपर्ने अवस्थालाई अन्त्य गरेर उनीहरुको सम्मान, संरक्षण र व्यस्थापन गर्ने दायित्व राज्यको भएको उनको भनाइ थियो ।
सरकारमा बस्नेहरुले दलालहरुका घेरो तोडेर जनताको घेरामा बस्ननु पर्ने बताए । उनले भने ‘जनताको घेरामा बसियो भने बल्ल समाजवादको बाटो गइन्छ । त्यसमा पनि उत्पीडित वर्गको घेरामा बस्नुपर्यो । जो पछि परेको हो त्यसको घेरामा बस्नुपर्यो ।’