काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रसाईंमाथि युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो।
आपत्तिजनक अभिव्यक्तिका कारण सांसद रचना खतिवडाको जाहेरीपछि प्रसाई पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…