Bagmati Samachar Logo

भदौमा प्रकट भएको संकट र नेपालको राष्ट्रिय सुरक्षा

ललित श्रेष्ठ

नेपाल र नेपालीले आफ्नो जीबनकालमा बिभिन्न बिपत्तिहरुको सामना गदै आएको छ । ति बिपत्तिहरुलाई दुई  भागमा बिभाजन गरेर बुझ्न सजिलो हुनेछ । प्रकृतिक बिपत्ति र मानब निर्मित बिपत्तिः
प्राकृतिक बिपत्ति जहाँ परापुर्बकाल देखि भुकम्प, अनाबृष्टि, अतिबृष्टि , बाढी ,पहिरो ,हिम नदी ,आदी बेहेरी,चट्याड, रोगब्यधी महामारीका रुपमा प्रकृतिको प्रहार झेल्दै आएका छ भने अर्को तर्फ मानब निर्मित बिपत्ति – राजनितिक बहिस्करण, आर्थिक अबसरमा असमान पहुच , बिभेद, स्रोत साधनमा प्रतिष्पर्धा, शाक्तिको होड, आधुनिक सैनिक गतिबिधी, हरेक बस्तुलाई युद्धको साधनको रुपमा प्रयोग गर्ने कला , जस कारण द्धन्दको श्रृृखलामा पहिलो बिश्व युद्ध, दोस्रो बिश्व युद्ध , शित युद्ध, प्रोक्सी युद्ध, राष्ट्रिय तथा अन्तराष्ट्रिय युद्ध, बिभिन्न आन्दोलन , हड्ताल, आगजानी, ध्वमसात्मक गतिबिधि जस्ता घटनाहरुको सामना गदै आएको छ ।
खास गरि नेपालको सन्दर्भमा नेपालको राजनितिक द्धन्द , हिमाली बिपद र बदलिदो भुराजनितिक शक्ति संघर्षलाई द्धन्द, शान्ति र बिकाश अध्यनको दृष्टिकोणबाट बिष्लेषण गर्ने सामान्य प्रयास गरिएको छ ।

एक वर्षमा घटनाका सन्देश
नेपालको पछिल्लो इतिहासको श्रृखलामामा २०८२ को भदौ २३ । २४ र २०८३ को भदौ १० , यसको प्रकृति फरक भए पनि गहिरो राष्ट्रिय संकटका अध्यायको रुपमा प्रकट भयो ।
२०८२ भदौ २३ गते माइतिघर मण्डलाबाट सरकारको बिरोध सुरु भयो । देख्दा र सुन्दा सामान्य जस्तै लाग्ले भ्रष्टचार,सामाजिक संजाल प्रतिबन्धको बिरोध, सुशाषनको आवाज मिस्रित नारा सहित सुरु भयो । राज्य संयन्त्र देखि नागरिकको स्तर सम्मलाई लाग्यो कि यो सदा भइरहने आन्दोलन जस्तै हो । तर त्यो दिनले राज्य संयन्त्र, राजनितिक संयन्त्र हुदै सबैको अनुमान र भ्रमलाई गलत साबित गरिदियो । आन्दोलन बानेश्वर तर्फ बढ्दै जादाँ आकार बिस्तार हुदै गयो । बानेश्वर चोक सम्म पुग्दा नियन्त्रण बाहिर पुग्यो । आन्दोलनमा धेरै थरिका प्रबृत्तिहरु मिसिए । परिणाम स्वरुप बानेश्वर रक्तपातपुर्ण बन्यो । सो दिन २३ जना जेन्जी युवाहरुले ज्यान गुमाए । अबस्था दर्दनाक बन्यो ।

२४ गते बाट आक्रोस ध्वमसात्मक गतिबिधीमा परिणत भयो । बिहान देखि योजनाबद्ध अग्नि युद्धको झलक दिने दृष्यहरु देखिए । राजनितिक दलका कार्यालयहरु , दलका नेताहरुको निबास, सरकारी संरचना, प्रहरी कार्यालय, कार्यपालिका ,न्यायपालिका, ब्यबस्थापिका, राष्ट्रपति कार्यालय सबका सब जलार्ईए । देशको राजधानी एका एक खरानी भयो । राज्य बिहिनताको अबस्था बन्यो ।

निर्बाचित प्रतिनिधी सभाको बिघटन भयो । नयाँ सरकार गठन भयो । पहिलो पटक दलाई लामाको बधाई तथा सुभकामना सन्देश प्रबाह भयो । नेपालको राजनितिक संक्रमणले नयाँ मोड लियो । ९ सेप्टेम्बर २०२५ को अन्तय सम्म कम्तीमा ७६ जनाको मृत्यु र २ हजार भन्दा बढि घाइते भए । खबौको क्षति भयो जो सरकारी अभिलेलखमा उल्लेख छ ।

जेन जी आन्दोलन बिरलै घट्ने घट्ना जस्तै भयो । दिनमा सिंगो राज्य ढल्यो । कसरी सम्भब भयो यो ? देशको सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको नेपाली सेना, शशस्त्र प्रहरी , नेपाल प्रहरीले किन देश जलुन्जेल मुकदर्शक बन्यो ? शक्तिशाली राजनितिक दलको शक्ति कता हरायो ? जस्ता अनुत्तरित प्रश्नहरु उतिबेला देखिनै सतहमा छन । २ दिनमै खरानी हुने राज्य सत्ताको तागत छाम्दै लेखक, बिष्लेषक हरुले बिष्लेषण गरिरहे । भुराजनितिक प्रतिष्पर्धाको रापताप , असन्तुलित कुटनितिक यात्राको परिणति । आन्तरिक बितृष्णा त थिए नै यसै बिच अमेरिका र चीनको भुराजनितिक प्रतिष्पर्धा उत्कर्ष उन्मुख भएको बेलामा चीनको बिजय उत्सबको सैनिक परेडमा नेपालको प्रधानमन्त्री ? कुटनितिक वृतमा गरम चर्चाको बिषय बनेकै थियो । नेपालमा भुराजनितिक प्रतिष्पर्धा बिआरआई र एमसिसिको रुपमा प्रकट भैरहेकै थियो ।

त्यसको ठिक एक बर्ष पछि २०८३ भदौ १० गते नेपालले अर्को प्राकृतिको संकट सामाना गरिरहेको छ । तिब्बत नेपाल सीमा क्षेत्रमा हिमनदीको ठुलो भाग र चटान खस्दा उत्पन्न मभदचष्क ायिध र त्यसपछि आएको बिनाशकारी बाढीले अप्रत्यासित क्षति बनायो ।

यो घटनाले रसुवा , नुवाकोट, धादिङ , चितवन, तनहँु लगायतको क्षेत्रमा ठुलो क्षति पु¥यायो । राउटरका प्रारभ्कि बिष्लेषन अनुसार हिमनदिको तल्लो भाग भत्किएर  Ice–Rock avalanche   बनेको र त्यसले नदिमा अत्यन्त तीब्र debris flow सृजना भएको थियो । यसको  तल्लो तटिय भाग जो तिब्बतको उच्च हिमाली क्षेत्रबाट लेन्दी खोला, भोटेकोशी, त्रिसुली, नारायणी, गण्डकी नदी प्रणाली रहेका छन । तिब्बतबाट करिब ५२०० मिटर उचाईमा हिम पहिरो खसेर दक्षिण तर्फको तल्लो तटिए भागमा भएका हिम तालहरु फुटाउदै आएको लेन्दी खोलाको बेगले भोटेकोशी करिडोर र आसपासको बस्ती , जलबिधुतका ड्यामहरु, भन्सार कार्यालय, ब्यबसायिक संरचना, ढुवानी साधन ,मानब संसाधन सबै क्षणभरमै ध्वस्त बनायो ।

बिना बर्षा अप्रत्यासित रुपमा सुनामी जसरी बिकराल बाढी आउनुलाई परिकल्पनाको दृष्टिकोणबाट हेर्न सकिन्छ ।

१,  प्राकृतिक श्रृखलाबद्ध बिपद Natural cascading hazard : जहाँ हिम पहाड भत्कीएर हिमनदीलाई बन्द गरी निर्माण भएको हिमताल फुटेर उच्च बेगमा आएको बाढि भनेर बुझ्न सकिन्छ ।
२, नियोजित जलाक्रमण Delibaret hydraulic attack : नियोजित रुपमा पानी भण्डारलाई जलास्त्रको रुपमा तल्लो तटिए क्षेत्रमा सैन्य एबं रणनितिक प्रभाब श्रृजना गर्न गरिने कार्यलाई बुझिन्छ । इतिहासमा युद्धमा ड्यामलाई ध्वस्त पारेर पानीलाई रणनितिक अस्त्रकोको रुपमा प्रयोग गरिएको नजिरहरु छन । दोस्रो बिश्व युद्धमा बेलायतले जर्मनीका Mohne dam माथि आक्रमण गरि औद्योगिक क्षेत्रलाई अस्तब्यस्त बनाएर जर्मनीलाई कमजोर बनाउने उद्धेश्य लिएको थियो । तर यो घट्नालाई त्यो नजिर हुनु मात्रैले नियोजित हो भन्ने आधार र प्रमाण प¥याप्त छैन । यसका बारेमा थप अध्यन अनुसन्धान हुदै जाला ।

नेपालको बिससित राजनितिक घटना क्रम हेर्दा मिस्रित बिभाजित बिष्लेणहरु सुनिन्छ उत्तरी छिमेकी निकट देखिएको अघिल्लो सरकार र पश्चिम छिमेकी नजिक देखिएको अहिलेको सरकार भुराजनितिक प्रतिष्पर्धाको प्रतिक्रिया सतहमा देखिएको छ । भुराजनितिमा अत्यन्तै महत्वपुर्ण मानिएको मुस्ताङ क्षेत्रमा प्रधानमन्त्री बालेन शाहको निजी भ्रमण , जहाँ उच्च पदस्थ पश्चिमा छिमेकीको उपस्थिति , प्रधानमन्त्री बालेल शाहको संकास्पद भेट भन्ने चर्चा छापा भरि थिए । मुस्ताङ खम्पा बिद्रोहको आधार क्षेत्र पनि थियो । जसले मुस्ताङलाई आधार बनाएर तिब्बती सैन्य गतिबिधी गर्दथे । ऐतिहासिक दस्ताबेजलाई आधार मान्दा अर्को तर्फ मुस्ताङको रेन्जलाई युरेनियमको खानी भएको क्षेत्र मानिन्छ । जहाँ मुस्ताङको युरेनियम उत्खनन गर्ने काम अमेरिकालाई दिने बालेन सरकारको तयारी” जस्ता प्रचार बालेन सरकार गठन भएदेखि सतहमा थियो ।

ठिक यहि समयमा बाघ कराउनु र बाख्र्रा हराउनु भने जस्तै तिब्बती उच्च इलाका बाट बिना बर्षाको भयानक हिम चटान बिष्फोट भई हिमाली सुनामी नेपाल तर्फ मडारिनुलाई बिभिन्न कोणबाट बिष्लेषण भइरहेको छ । असन्तुलित कुटनितिक दायराको परिणति हुनसक्ने अनुमानहरु बिस्तारीत भईरहेको छ । साथै climate change, globle warming  का मुल जिम्मेदार सरोकारवाला हरुको जवाफदेहिताको बहस पनि उत्तिकै तातेको छ । शक्ति राष्ट्रहरुको औद्योगिक प्रतिष्पर्धाका कारण बृद्धि भएको कार्बन उत्र्सजनको घनत्वले प्रत्यक्ष असर पारेको हिमालयन तापमान Himalayan warming  का कारण Glacier instability बृद्धि भईरहेको छ । परिणम स्वरुप Rock and ice avalanche बाट हिमाली सुनामी आएको बैज्ञानिक मुल्याङ्कन छ । साथै नेपाल चीन हिम क्षेत्रबाट सुरु भएको हिमाली बिपदले अर्कै खालको राष्ट्रिय सुरक्षा चुनौति देखायो ।
खैर यो हिमाली सुनामीले दिएको पिडा, भएको भौतिक, मानबिय क्षति , अर्थतन्त्रमा निम्तिएको संकट यसले देशलाई दशकौ पछि धकेलेको छ ।

पहिलो साताको सरकारी तथ्याङ्क अनुसार १२५० भन्दा बढि मृत्यु घोषण भएका छन । ४२०० भन्दा बढि बेपत्ता भएका छन भने हजारौ आन्तरिक बिस्थापित Enternal Displaced भएका छन । प्रारम्भिक आर्थिक क्षति बिबरण ३८७ अर्ब बरारको अनुमान गरिएको छ । अन्तिम तथ्याङ्क आउन अझै समय लाग्नेछ । यो केबल एउटा प्राकृतिक बिपद होइन । यो नेपालको जलबायु सुरक्षा, जलस्रोत सुरक्षा, पुर्बाधार सुरक्षा , उर्जा सुरक्षा, सीमा सुरक्षा, र मानब सुरक्षा संग जोहिएको बहुआयामिक संकत हो । बिश्व बैक र उसका साझेदार संस्थाहरुले पनि नेपालमा जलबायुजन्य जोखिम बढिरहेको अबस्थामा Multi hazard risk assessment , early warning system, climate resilient infrastructure लाई बिकास योजनाको केन्द्रमा राख्नु पर्ने आबश्यकता औल्याएका छन

शान्ति भनेको हिंसा नहुनु मात्र होइन । द्धन्द तथा शान्ति अध्यनको दृष्टिले हेर्दा शान्ति केबल युद्ध नहुनु मात्र होइन । जोहान गाल्टङुले अघि सारेको सकारात्मक शान्तिको अबधारणाले हिंसाको अनुपस्थिति मात्र होइन, अन्याय , असमानता र संरचनात्मक हिंसाको अन्त्यलाई पनि शान्ति संग जोडदछ । नेपालमा शसस्त्र द्धन्द समाप्त भएको दशक भैसकेको छ । तर द्धन्दका सामाजिक ,आर्थिक , राजनितिक संरचनात्मक कारणहरु पुर्ण रुपमा समाधान भएका छन त ? त्यसैले

नेपालको शान्ति प्रक्रियाको अर्को चरण सकारात्मक शान्ति र मानब सुरक्षा लाई संस्थागत गर्नु पर्छ ।
द्धन्द बिना शान्ति कमजोर हुन्छ , शान्ति बिना बिकाश अस्थिर हुन्छ । बिकाश बिना शान्ति दिगो हुदैन ।

अब नेपालको राष्ट्रिय सुरक्षा अबधारणा परिबर्तन गर्नुपर्ने समय आएको छ ।

परम्परागत सुरक्षा मोडल सैनिक,प्रहरी,सीमाबाट अब सैनिक, मानबिय , बाताबरणीय ,साइबर सुचना सुरक्षा, आर्थिक सुरक्षा, जल सुरक्षा, बिपद सुरक्षा, मानबिय सुरक्षा तर्फ जानुपर्ने देखिन्छ ।
फेरी पनि यहाँ भदौलाई हेर्दा २०८२ को भदौले राजनितिक सुरक्षा र राष्ट्रिय सुरक्षा प्रणाली कमजोर देखायो । २०८३ भदौले बाताबरणीय तथा बिपद सुरक्षा प्रणालीको कमजोरी देखायो । दुबैलाई जोड्दा नेपालको राष्ट्रिय सुरक्षाको नयाँ परिभाषा आबश्यक हुन्छ ।

नेपालको लागि तिब्बती सम्बेदनशीलता

तिब्बत नेपालको उत्तर तर्फको हिमाली भुभाग हो तर यो केबल सीमा मात्र होइन । तिब्बत संग नेपालको साँस्कृतिक सम्बन्ध पनि परापुर्बकाल देखिनै जोडिदै आएको थियो । तिब्बत नेपाल युद्ध ,बेद्रावती सन्धीको ऐतिहासिक तथ्य पनि जोडिएको छ ।

प्राकृतिक रुपमा तिब्बत हिमनदिहरुको उदगम क्षेत्र हो । चीनको सुरक्षा संम्बेदनशील मानिएको क्षेत्र हो अझ बढि नेपालको उत्तरी सीमा, तिब्बती क्षेत्र दक्षिण एसियाको जलबायु प्रणालीको मुल स्रोत हो । नेपाल हुदै बग्ने सम्पुण नदि प्रणालीको मुहान हो । त्यसैले तिब्बत संगको सबाल नेपालका लागि केबल चीनको आन्तरिक राजनितिक बिषय मात्र होइन । यो सिमा सुरक्षा , जलस्रोत सुरक्षा, बाताबणिय सुरक्षा ,भुराजनितिक सुरक्षा संग प्रत्यक्ष रुपमा जोडिएको सघन प्रश्न पनि हो ।

यो संगै जोडिएर आउने प्रश्न रसुवा हिमबाढी प्राकृतिक बिपद हो की नयाँ भुराजनितिक जोखिम ?

अर्को प्रश्न नेपाल र चीन बिच Glacier monitering, Hydrological data sharing, and Early warning system ब्यबस्थित थियो की थिएन ?
अर्को उब्जिएको प्रश्न सिमापार पूर्व सूचना चीनबाट नेपाललाई कहिले उपलब्ध भयो र कसरी कार्यन्वयन भयो ?

अत्यास लाग्दो मानबिय र भौतिक क्षतिको प्रकृति हेर्दा देश बिच पूर्र्व सूचना उपलब्ध गराउने र ग्रहण गर्ने बिच समन्वय र सहकार्यमा गहिरो समस्या थियो भन्ने प्रष्ट हुन्छ ।

अमेरिका,चीन बिचको प्रतिष्पर्धा र नेपालको रणनितिक स्थान , अहिलेको भुराजनितिमा बिशेष अर्थ राख्दछ ।

त्यसैले नेपाल जस्ते सानो देशको चुनौति कुनै एउटा शक्ति रोज्नु होइन, आफ्नो राष्ट्रिय हित अनुसार सम्बन्ध ब्यबस्थापन गर्नु हो । बर्तमान बिश्लेषणहरुले पनि नेपालको नयाँ सरकारलाई भारत चीन र अमेरिका बिचको त्रिकोणात्मक रणनितिक प्रतिष्पर्धामा, बैदेशिक नितिको पुर्नपरिभाषित गर्नु पर्ने अबस्थामा रहेको औल्याएको छन । नेपाल बफरजो नभएर बिशाल छिमेकी र शक्ति राष्ट्रलाई जोडने पुल बन्नु पर्दछ । वातावरणीय मुद्धा मात्र नभएर राष्ट्रिय सुरक्षाको बिषय बन्न पर्छ ।

त्यसैले प्राकृतिक घट्ना भुराजनितिक घटना होइन तर प्राकृतिक घटना पनि त्यसको परिणामबाट भुराजनितिक घट्ना बन्न सक्छ । अहिलेको तिब्बत बाट खसेको हिमतालको प्रकोपले बिध्वंस मच्चाएको रसुवा नुवाकोट लगायतको प्रभाबित क्षेत्रमा भुराजनितिक प्रतिष्पर्धी हर एक साथ खोज तथा उद्धार, राहत ,सहयोग उपलब्ध गराउदै मैदानमा आईपुगेको छ । महाबिपदको यस क्षणमा यो साथ अमुल्य छ । साथै भुराजनितिक प्रतिष्पर्धी हरुको औद्योगिक प्रतिष्पर्धाले बाताबरणीय बिपद भित्र कुनै न कुनै प्रकारको भुराजनितिक परिणाम समाबेश छ ।

नेपालको रणनितिक बिकल्प गठबन्धन होइन, रणनितिक स्वायत्तता हुनुपर्दछ । नेपालले चीन बिरुद्ध अमेरिका वा अमेरिका बिरुद्ध चिन मध्ये एउटा रोज्ने अबस्था सिर्जना गर्नु हुदैन । कुटनितिक स्वयत्तता र सन्तुलन बिग्रदा देशले ठुलो बिपत्ति भोग्दै आएको छ ।
नेपालको दिर्घकालीन हित मुद्धामा आधारित सहकार्य, सन्तुलित कुटनिति, रणनितिक स्वायत्ततामा निर्भर हुनुपर्छ ।

खास गर छिमेकी शक्ति राष्ट्रहरु जस्तै चीन, भारत र अमेरिका बाट देशको हितानुकुल बिबिध क्षत्रहरुमा समन्वय ,सहकार्य गर्नु लाभदायक मानिन्छ । यी सबैमा नेपालको सार्बभौम राष्ट्रिय हित Sovereign national Interest  पहिलो आधार हुनुपर्छ ।

भदौको सबै भन्दा ठुलो पाठ

२०८२ भदौले राज्यलाई भन्यो नागरिकको आबाज नसुन्ने,सुशाषन कायम राख्न नसक्ने, कुटनितिक सन्तुलन कायम राख्न नसक्ने राजनितिक ब्यबस्था दिर्घकालीन रुपमा सुरक्षित हुदैन र भुराजनितिको चपेटामा पर्दछ ।
२०८३ भदौले भन्यो नागरिकलाई प्राकृतिक तथा सीमापार जोखिमबाट सुरक्षित गर्न नसक्ने,पुर्ब सुचना प्रणाली भ्बचथि धबचलष्लन कथकतझ ब्यबस्थित गर्न नसक्ने, दिगो बिकाश क्षमता बृद्धि गर्न नसक्ने राज्य पनि दिगो हुदैन ।
जहाँ तिब्बती सुनामीले खबौको क्षति निम्त्यायो । प्राकृतिक जोखिमलाई गम्भिरताको साथ नलिदा बिपद कसरी राष्ट्रिय संकटमा परिणत हुन सक्छ भन्ने देखायो । त्यसैले अब नेपालको राष्ट्रिय सुरक्षा नितिले निम्न पक्षलाई एउटै संरचनामा जोडनु पर्छ । राजनितिक सुरक्षा, आर्थिक सुरक्षा, खाद्य सुरक्षा, उर्जा सुरक्षा, जल सुरक्षा, बाताबरणीय सुरक्षा, साइबर सुरक्षा, पुर्बाधार सुरक्षा, र बिपद सुरक्षा ।
यसको लागि तीन वटा तत्कालीन प्राथामिकता आबश्यक देखिन्छ ।

पहिलो ,पुर्ब सुचना र जोखिम पहिचानमा लगानी ।

दोख्रो जलबायु प्रतिरोधी पुर्बाधार र जोखिममा आधारित बिकाश निति,
तेस्रो राज्य र नागरिक बीच बिश्वास पुननिर्माण ।

बिश्व बैकले पनि नेपालमा बिपद जोखिम न्युनिकरण Early warning communication and Risk informed investment  लाई संस्थागत गर्नुपर्ने आबश्यकता औल्याएको छ ।

निष्कर्ष भदौ एउटै चेतावनी ।
२०८२ को भदौले सडकबाट राज्यलाई चुनौति दियो । मानब निर्मित संकट चुलियो । देश अग्निअस्त्रको सिकार भयो । नागरिकको प्रश्न हामीलाई किन सुनिएन?
२०८३ को भदौले हिमालबाट राज्यलाई चुनौति दियो । प्रकृतिक महाबिपत्ति प्रकट भयो । देश जलास्त्रको सिकार भयो । नागरिकको प्रश्न क् हामीलाई किन तयार पारिएन ?
यो प्रश्नको जवाफ केबल सरकार परिबर्तन गरेर मात्र पुग्दैन । सेना , प्रहरी, प्रशाषनको क्षमाता बढाएर मात्र पनि पुग्दैन ।

आबश्यक यो छ की सक्षम राज्य, उत्तरदायी राजनिति, न्यायपुर्ण समाज, जोखिम प्रति सचेत बिकाश र नागरिक केन्द्रित सुरक्षा निति । नेपालको लागि अब केबल बन्दुक नचल्ने शान्ति हैन की नागरिकको सुरक्षित हुने , अबसर र न्याय पाउने, भबिष्य प्रति आशाबादी हुने शान्ति बन्नुपर्छ ।

त्यसै गरि नेपालको बिकास पनि केबल सडक र पुलको संख्या बढाउने बिकाश हुनु हुदैन । त्यो बिपद सहन सक्ने, बाताबरण जोगाउन सक्ने, नागरिकलाई सुरक्षित राख्ने र पुष्तौ सम्म टिक्ने बिकाश हुनुपर्दछ ।
साथै बदलिदो भुराजनितिक प्रतिष्पर्धामा हाम्रो रणनिनित स्वायत्तता कसरी जोगाउने ? भन्ने प्रश्न र यसको उपयुक्त जवाफ खोज्ने कार्य अग्रभागमा हुुनुपर्छ ।
अन्तमा पुनः नेपालको भबिष्य कुनै बाह्य शक्तिको शिबिरमा जानेमा होइन की आफ्नै राष्ट्रिय क्षमता बलियो बनाउनेमा निर्भर छ र हुनुपर्दछ ।

अघिल्लो भदौले राज्यको राजनितिक लचकता Political Resilence  को जाँच गयो भने पछिल्लो भदौले राज्यको बिपद लचकता Disister resilience को जाँच गयो । यो दुबै घटनाले एउटै कुरा सम्झाएको छ की राष्ट्रिय सुरक्षा सिमानामा मात्रै हुदैन । राष्ट्रि«य सुरक्षा नागरिकको घर, सडक, नदि , हिमाल , बिधुत आयोजना, बाताबरण,डिजिटल संसार र राज्यप्रतिको बिश्वासमा पनि हुन्छ । साथै राष्ट्रिय एकता, सन्तुलित कुटनिति , र रणनितिक स्वायत्तता अबलम्बन गर्दा नै देशको अस्वित्व रक्षा गर्न सम्भब छ । अब नेपालको राष्ट्रिय सुरक्षाको बहस त्यहि बाट सुरु गर्नु पर्छ ।

लेखक त्रिभुबन बिश्वबिद्यालयमा द्धन्द ,शान्ति र विकाशमा स्नातकोत्तर अध्यनरत छन्, यो उनको निजी विचार हो ।