Swornakshar Logo

टुँडिखेलमा यसरी मनाइयो ल्होछार पर्व

२२ माघ । काठमाडौं । राजधानीको टुँडिखेलमा तामाङ जातिले आज ल्होछार पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाएका छन् । सो अवसरमा प्रदेश नं ३ सरकारले प्रदेशमा बिदाको घोषणा समेत गरेको छ ।

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् ।


बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकारहरु बताउँछन् ।
ल्होछारको अवसरमा टुँडिखेलमा महोत्सवको आयोजना गरी महोत्सवमा विभिन्न झाँकीसहित तामाङ जातिका परिकारहरु राखिएका छन् भने कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् ।

ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवानको पूजा गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् ।