Swornakshar Logo

शहीदको सपना पुरा गर्नु पर्छः मुख्यमन्त्री पौडेल

१६ माघ । हेटौडा । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको उपलब्धि शहीदको सपनाका कारण पुरा भएको बताए । ३ नं प्रदेश सरकारको आयोजनामा बुधबार प्रदेशको राजधानी हेटौंडामा शहीद स्मारकमा आयोजित समारोहमा माल्यापर्ण गरेपछि बोल्दै भानेका थिए निरंकुश व्यवस्थासंग झुक्नु भन्दा पनि प्रजातन्त्रकोलागि हाँसी हाँसी जीवन त्याग गरेका थिए । उनीहरुको त्यहि अमूल्य योगदानले अहिलेको उपलब्धि आएको बताए ।
मुख्यमन्त्री पौडेलले शहीद स्मारकमा नेपाल निमार्ण अभियान तथा नेपाल आंग्रेज युद्धमा योगदान गरेका भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान व्यक्त गर्न स्मारक स्थापना गरेको बताए । उनले भने आफु मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी नछाड्ने । उनले यसो भनिरहदा कार्यक्रम सुन्न आएकाहरु समेत अचम्मित परेका थिए । पौडेललाई देशभर चिनाउनको लागि निकै महत्वपूर्ण भूमिका रहेको सहिद स्मारकप्रति पौडेलको निकै गहिरो साहिनो रहेको कारण पनि पौडेलले यसो भनेका त्यहा उपस्थित भएका नेकपाका एक नेताले बताए ।
मुख्यमन्त्री पौडेल सहित प्रदेश सरकारका मान्त्रीहरु, सांसद, प्रदेश सरकारका उच्च तहका कर्मचारी सहितको टोलीले सहिदको प्रतिमामा पुष्प अर्पण गरेका थिए ।