Swornakshar Logo

‘दिव्याञ्जली’ सार्वजनिक

माघ १२  ।  काठमाडौँ । सरोज अर्यालको उपन्यास दिव्याञ्जली आज राजधानीको प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भएको छ । कार्यक्रममा कथाकार एवं प्राज्ञ माया ठकुरी, समालोचक महेश पौड्याल, ठाकुर चापागाई, पूर्व गृहसचिव हेमराज रेग्मी, लेखकका मातापिता बिष्णु अर्याल, खुमकान्त अर्याल र लेखक सरोज अर्याल लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।
पुस्तकमाथि टिप्पणी गर्दै समालोचक पौड्यालले बजारु सस्ता प्रेम उपन्यास नभइ दिव्याञ्जली दर्शनबाट निर्देशित भएको बताए । साथै उनले यति सभ्य शैलीमा पनि प्रेम उपन्यास लेख्न सकिदो रहेछ भन्दै दिव्याञ्जलीले साहित्यिक जगतमा आफ्नो बेग्लै स्थान कायम गर्न सक्ने बिचार ब्यक्त गरे ।
त्यसैगरि प्रमुख अतिथि माया ठकुरीले दिव्याञ्जलीमा लेखकले शुन्दर ढंगले आफ्नो युगको भाषा बोलेको भन्दै लेखकको प्रशंसा गरिन् । उक्त कार्यक्रममा लेखक सरोज अर्याल,उनका पिता खुमकान्त अर्याल लगायतले आफ्ना मन्तब्य राखेका थिए ।
बिएन पुस्तक संसारका अध्यक्ष ठाकुर चापागाइको सभापतित्वमा संचालित कार्यक्रममा सूर्य बिसीले स्वागत मन्तब्य राखेका थिए भने उद्घोषण बिनोद सुबेदीले गरेका थिए ।

बिएन पुस्तक संसारले बजारमा ल्याएको उक्त पुस्तकको पृष्ठ संख्या २५६ रहेको छ भने बजार मूल्य रु ३५० रहेको छ ।