Swornakshar Logo

हेटौंडामा प्रथम उपमेयर कप भलिबल प्रतियोगीता २०७५ हुने

२० पुस । हेटौंडा । मकवानपुरको हेटौंडामा प्रथम उपमेयर कप भलिबल प्रतियोगीता २०७५ हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिती मकवानपुर र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाको आयोजनामा माघ २८ गतेदेखि फागुन ४ गतेसम्म हेटौंडा प्रथम उपमेयर भलिबल प्रतियोगीता हुन भएको ।
उपमेयर प्रतियमेगीतामा पुरुषतर्फ १४ र महिलातर्फ ९ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा विजेताले ५० हजार रुपियाँ र उपविजेताले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै अन्तिम चरणमा पुग्ने खेलाडीलाई ५र५ हजार रुपियाँ र उत्कृष्ट खेलाडीलाई रु ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।