Swornakshar Logo

सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको छः प्रधानमन्त्री ओली

१५ पुस । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेकाले राष्ट्रिय एकताको आवश्यकता रहेको बताए।

तमु ल्होसार पर्वको अवसरमा टुँडिखेलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले सदभाव बिथोल्ने प्रयास गर्नेहरुलाई परास्त गरेर अघि बढ्न सबै समुदायलाई आव्हान गरे ।
प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि स्पष्ट पार्दै पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी गरे ।

उनले भने ‘सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प छैन ।’
प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताए ।