Swornakshar Logo

राष्ट्रपतिको भण्डारीको हातमा विश्वकप क्रिकेटको ट्रफी

११ कार्तिक ।

काठमाडौं । विश्व भ्रमणका क्रममा नेपाल ल्याइएको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति भवन पुर्‍याइएको छ ।

राष्ट्रप्रमुखको हैसियतमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकप ट्रफी उचालेकी छन ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा लगिने भनिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण स्थगित गरिएको थियो ।

शुक्रबार नेपाल ल्याइएको यो ट्रफी त्यसैदिन साँझ स्वयम्भूमा राखिएको थियो भने शनिबार पोखरा रंगशालामा प्रदर्शन गरिएको थियो ।

आइतबार बिहान यो ट्रफी चन्द्रागिरी पुर्‍याइएको थियो जहाँ फरक फरक कोणबाट फोटोसेसन गरिएको थियो ।
विश्वकप ट्रफी सोमबार विश्व सम्पदा बसन्तपुर क्षेत्रमा सर्वसाधारणको प्रदर्शनीका लागि राखिनेछ ।