ताजा अपडेट
अपराध

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरका अनुसार ठमेलस्थित स्नोलाइन होटलमा अवैध रकम लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्दा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानका ४ हजार २१५ रियाल र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम फेला पारेको थियो।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर रकमको स्रोत र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…