Bagmati Samachar Logo

टेकुमा गोली चल्यो, एक जना घाइते

काठमाडौँ । काठमाडौंको टेकुमा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।

प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले गोली चलाउँदा एक जना भारतीय नागरिक घाइते भएको ब्यूरोका एक अधिकारीले जानकारी दिए ।

प्रहरीले घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।