ताजा अपडेट
समाचार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनी निकटका घरमा छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनी निकटका घरमा छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ । साथै उनका निकट र नातेदारको घरमा पनि विभागले छापा मारेको छ।

पूर्वप्रधानन्यायाधीश जबरा, दिपक तिमल्सिना, नारायण दाहाल र नवराज थपलियाको घरमा छापा मारेको बताएको छ।

तिमल्सिना दूरसञ्चार व्यवसायी हुन् भने थपलिया उच्च अदालतका पूर्वन्यायाधीश हुन्।

त्यसैगरी, जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ।

पूर्वप्रधानन्यायाधीश जबराको कामदारको घरमा समेत विभागको टोली र प्रहरीले खानतलासी गरिरहेको स्रोतले बताएको छ। राणालाई यही असोज १० गते राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित घरबाटै सुरक्षा दिन भन्दै लगेको थियो । १२ घण्टा प्रहरी हिरासतमा राखेर ११ गते छोडिएको थियो। यद्यपि प्रहरीले भने सुरक्षाका लागि कार्यालय लगेको जनाएको थियो।

२०७५ पुस १८ गते सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो।

त्यसपछि निलम्बित उनी महाभियोग प्रस्ताव पारित नभए पनि सर्वोच्च अदालत फर्किन पाएनन् र यहीबिच उनको कार्यकाल समाप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…