ताजा अपडेट
राजनीति

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने महालक्ष्मी उपाध्याय ‘डिना’ को घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने महालक्ष्मी उपाध्याय ‘डिना’ को घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् ।

उनी कांग्रेसको १४औँ महाधिवेशबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् ।
कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । कांग्रेसका अनुसार आजदेखि बन्दसत्र र निर्वचन कार्यक्रम सुरु हुने कार्यतालिका छ ।

उनले अनलाइनखबरसँग भनिन्, ‘मैले डिक्लिएयर गरिसकें । म महामन्त्रीमा उम्मेदवारी दिँदैछु ।’

डिना पूर्वपार्टी सभापति शेरबहादुर देउवा समूहमा थिइन् । संस्थापन पक्षको वडा अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्रै उनी संस्थापन पक्षमा आएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…