काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।
महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाउनका लागि कार्यसमिति बैठक आह्वान गरिएको हो । खुलामञ्चमै बस्ने केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्रमा पार्टीका सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी दिशा र कार्यदिशा समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
पार्टीको सांगठनिक पुनर्संरचना र समयसापेक्ष सुधारका लागि महामन्त्री गुरुराज घिमिरेले विधान संशोधन सम्बन्धी प्रस्ताव बन्दसत्रमा प्रस्तुत गर्नेछन् ।
केन्द्रीय समिति बैठकले बन्दसत्रमा पेस हुने राजनीतिक प्रतिवेदन र विधान संशोधनसहितका एजेन्डाहरूलाई प्रारम्भिक रूपमा अनुमोदन गरेपछि प्रतिनिधिहरूमाझ लैजाने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…