Bagmati Samachar Logo

कर्णालीमा सरकार विस्तार अनिर्णीत, मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (आज) विश्वासको मत लिँदै छन्। विश्वासको मतको लागि प्रदेशको सभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री शाहीले २३ दिन पछि विश्वासको मत लिने तयारी गरे पनि मन्त्रिमण्डल बिस्तारको काम अनिर्णयको बन्दी जस्तै बनेको छ।

विशेषगरि सत्ता साझेदार दुई दलबिच मन्त्रालयको संख्यामा ४–३ को हिसाब मिले पनि शक्तिशाली मन्त्रालय लिनेबारे कुरा नमिल्दा सरकार विस्तार हुन सकेको छैन । सरकार विस्तार नहुँदा सरकार नै चलायमान हुन सकेको छैन।