सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै, आजै शपथ
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीबाट कमलबहादुर शाहले बिहीबार राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । बिहीबार नै प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रमुख प्रमुखले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन् । तोकिएको समयभित्रै मुख्यमन्त्रीमा एमालेको समर्थनसहित नेकपाका संसदीय दलका नेता भट्टले दाबी पेस गर्ने तयारी गरेका छन् ।
भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुखले आजै उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । बिहान ११ बजे मुख्यमन्त्री नियुक्त भएपछि आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।
नेकपा र एमालेबीच सुदूरपश्चिममा यसअघि नै मन्त्रालयत भागबन्डा भइसकेको छ । नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन वटा मन्त्रालय पाउनेछ ।
शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: