ताजा अपडेट
राजनीति

नियम कानुन देखाएर एक महिना पदमा बसेका मुख्यमन्त्री शाहले दिए राजीनामा

नियम कानुन देखाएर एक महिना पदमा बसेका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अन्त अल्पमतमा परेको एक महिना पछि पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शाहले प्रदेशसभाबाटै राजिनामाको घोषणा गरेका थिए । त्यसपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका छन् ।

यससँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको नयाँ प्रक्रियाको बाटो खुलेको छ । मुख्यमन्त्री शाहले एक महिना पदमा बस्नको लागि विश्वासको मत लिने भन्दै आएका थिए । तर उनको पक्षमा बहुमत पुग्ने अवस्था थिएन । जसका कारण आज राजीनामा दिएका हुन् ।

शाहको राजीनामासँगै अब प्रदेश प्रमुख मियाँले संविधानअनुसार नयाँ सरकार गठनका लागि भोली बिहान ११ बजेसम्म दाबी पेश गर्न भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…