सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन
काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ ।
उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरुलाई हटाएको थियो ।
प्रदर्शनमा सहभागीहरुले बन्लुक र बुटले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: