मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा
काठमाडौं । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार मंगलबार बिहानैदेखि मेसिन परिचालन गरी सडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएका हुन् ।
सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो ।
सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्: