Bagmati Samachar Logo

विपक्षीको वेल घेराउपछि स्थगित भयो संसद् बैठक

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । विपक्षीले वेल घेराउ गरेसँगै सभामुख डीपी अर्यालले बैठक स्थगित भएको सूचना सुनाएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गतेमात्रै बस्ने जानकारी गराए ।

आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ घण्टा ढिला सुरु भएको थियो । आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र माफी माग्न माग राखे । उनीहरूले नाराबाजीसँऊै वेल घेराउ गर्न थालेपछि सभामुखले बैठक स्थगित भएको सूचना सुनाए ।
आइतबार संसद बैठकमा शाहले भारतको भूमि नेपालले मिचेको आफूले प्रधानमन्त्री भएपछि थाह पाएको बताएका थिए ।