Bagmati Samachar Logo

एमालेमा कार्यविभाजन : यी हुन् प्रस्तावित विभागीय प्रमुख र जनसंगठन इन्चार्जहरु

काठमाडौं । नेकपा एमालेले पार्टीका विभागीय प्रमुख र जनसंगठन इन्चार्जहरू प्रस्ताव गरेको छ।

सोमबार बसेको सचिवालय बैठकले विदेश मामिला विभाग प्रमुखमा प्रदीप ज्ञवाली प्रस्ताव गरेको छ। संसदीय मामिला विभाग प्रमुखमा सचिव पद्मा अर्याल, सचिव राष्ट्रिय हित संरक्षण विभाग प्रमुखमा हिक्मत कार्की प्रस्तावित छन्।

सचिव भानुभक्त ढकाल संगठन विभाग प्रमुख प्रस्तावित छन् भने केन्द्रीय सदस्य डा. सूर्य पाठक प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रस्तावित छन्।

पार्टी स्कुल विभाग प्रमुखमा शेरबहादुर तामाङ प्रस्तावित छन्।

शुक्रबार बस्ने सचिवालय बैठकले कार्यविभाजनलाई अन्तिम रूप दिनेछ।

यी हुन् प्रस्तावित विभागीय प्रमुख र जनसंगठन इन्चार्जहरू

प्रदीप ज्ञवाली– विदेश मामिला विभाग प्रमुख

पद्मा अर्याल– संसदीय मामिला विभाग प्रमुख

हिक्मत कार्की– राष्ट्रिय हित संरक्षण विभाग प्रमुख

भानुभक्त ढकाल– संगठन विभाग प्रमुख

डा. सूर्य पाठक– प्रचार तथा प्रकाशन विभाग प्रमुख

शेरबहादुर तामाङ– पार्टी स्कुल विभाग प्रमुख

आनन्द पोखरेल– पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख

इन्द्र भण्डारी– पार्टी सम्बद्ध प्रतिष्ठान इन्चार्ज

कल्पना चापागाईं– समाज कल्याण तथा समाजसेवा विभाग प्रमुख

कर्ण थापा– उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख

क्रान्ति बुर्लाकोटी– युवा तथा खेलकुद विभाग प्रमुख

गणेश ठगुन्ना– संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख

खेम लोहनी– सहकारी तगा गरिबी निवारण विभाग प्रमुख

गोकुल बास्कोटा– भूमि व्यवस्था विभाग प्रमुख

घनश्याम पाण्डे– प्रवासी नेपाली मञ्च, युरोप इन्चार्ज

जितु गौतम– उपभोक्ता हित तथा सुशासन विभाग प्रमुख

ज्वाला साह– कृषि तथा पशुपन्छी विकास विभाग प्रमुख

ठाकुर गैरे– खानेपानी तथा सरसफाइ विभाग प्रमुख

देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख

निरज आचार्य– निर्वाचन आयोग प्रमुख

निरूदेवी पाल– अध्यक्ष केपी शर्मा ओली÷नेशनल भोलेन्टियर फोर्स इन्चार्ज

बिनाकुमार श्रेष्ठ– पुस्तकालय तथा अभिलेख विभाग प्रमुख

भारती पाठक– वन तथा वातावरण विभाग प्रमुख

डा। भीष्म अधिकारी– वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख

रचना खड्का– विज्ञान तथा प्रविधि विभाग प्रमुख

राजेन्द्र गौतम– स्थानीय विकास विभाग प्रमुख

रमेश बडाल– कानुन विभाग प्रमुख

रामकुमारी झाक्री–सहरी विकास विभाग प्रमुख

विन्दा पाण्डे– श्रम तथा रोजगार विभाग प्रमुख

विशाल भट्टराई– जनसंगठन समन्वय संयन्त्र प्रमुख

सुशीला नेपाल– सामाजिक सेवा विभाग

हेमराज राई– साहित्य तथा कला संस्कृति विभाग प्रमुख

पार्वती रावल– शिक्षा तथा मानवस्रोत विभाग प्रमुख

क्षितिज थेवे– युवा फाँट इन्चार्ज

रश्मी आचार्य– विद्यार्थी फाँट इन्चार्ज

हरिप्रसाद घिमिरे– भारत प्रवाश इन्चार्ज

कृष्णभक्त पोखरेल– कानुन फाँट इन्चार्ज

उर्मिला सुनुवार–अपांगता फाँट इन्चार्ज

जनक चौधरी–मजदुर विशेष इन्चार्ज

गोरखबहादुर बोगटी– भूमि अधिकार फाँट इन्चार्ज

गिरिधारीलाल न्यौपाने– किसान फाँट इन्चार्ज

खेममान खड्का–भूपू सैनिक तथा प्रहरी फाँट इन्चार्ज

टुकाभद्रा हमाल– महिला फाँट इन्चार्ज

मनोहर बि पौडेल– मुक्ति समाज इन्चार्ज

महमद हारून हलुवाई– मुस्लिम इत्तेहाद इन्चार्ज

भोलानाथ पोखरेल रोहित– पेसागत फाँट इन्चार्ज

भूमिका लिम्बू सुब्बा–जनसांस्कृतिक फाँट इन्चार्ज

रविन्द्र अधिकारी– प्रवासी नेपाली मञ्च मध्यपूर्व इन्चार्ज

मीनबहादुर शाही– मानवअधिकारी एलाइन्स इन्चार्ज