ताजा अपडेट
राजनीति

दोस्रो प्रयासमा पनि सफल भएन सुमन सायमी, फेरिपनि विराज भक्तसँग पराजित

दोस्रो प्रयासमा पनि सफल भएन सुमन सायमी, फेरिपनि विराज भक्तसँग पराजित

चुनावको मुखैमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेर काठमाडौं क्षेत्र नंं ८ मा उम्मेदवार बनेका थिए ।
नेकपाबाट काठमाडौं ८ मा दोस्रो पटक उम्मेदवार बनेका सायमी दोस्रो पटक प्रतिनिधिसभा चुनावमा पराजित भएका छन् ।
दोस्रो पटक प्रतिनिधिसभामा उम्मेदवार बनेका सायमी दुवै पटक पराजित भएका छन् ।

सायमी २०७९ सालमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार भएर राजनीतिमा सक्रिय भएका थिए । कम्युनिस्ट परिवारका भएर पनि उनी राजनीतिक पार्टीभन्दा बढी अभियन्ताको रूपमा चर्चित थिए ।

नेकपाबाट उम्मेदवार बनेका सायमी दोस्रो प्रयासमा पनि सफल हुन सकेनन् । अघिल्लो पटक प्रतिनिधिसभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका थिए । उनी त्यो समयमा पनि रास्वपाका विभारभक्त श्रेष्ठसँग पराजित भएका थिए ।

काठमाडौंको गुठीलगायतका सम्पदा संरक्षणमा आन्दोलनको नेतृत्व गर्दै आएका सायमीले २०७९ सालमा ६ हजार १७९ मत ल्याएका थिए ।
सायमीले स्थानीय तहको चुनावमा १३ हजार ७७० मत पाएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनाव जिते ।

श्रेष्ठ १० हजार ११२ मत पाएर विजयी भएका थिए । सायमि पहिलोपटक प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्दा पनि दोस्रो भएका थिए । उनले टिकट लिएको पार्टी पनि बागमती प्रदेशको उपत्यकामा मात्र चर्चामा थियो । उनले एकै वर्ष दुई चुनावमा भाग लिए तर असफल भए । उनी गत ३० पुसमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए । आफ्नो टिम लिएर उनी नेकपामा समाहित भएका थिए ।

नेकपासँग एकता गर्नुभन्दा पहिला उनी राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष थिए । उनले उक्त पार्टी छोडेर नेकपासँग एकता गरेका थिए । सायमिले काठमाडौं उपत्यकाका परापूर्वकालदेखिका मठमन्दिर, विहार, गुम्बा, चैत्य, पाटी, पौवा, फल्चा, गुठी, भाषा, लिपि, जग्गा जमिन र थातथलोको सुरक्षा हुनुपर्ने माग राख्दै आएका कारण बढी चर्चामा आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…