Bagmati Samachar Logo

जेनजी प्रर्दशनको क्रममा बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुटेर १८ किलो सुन लिएको आरोपमा दुई जना पक्राउ

काठामाडौं । भदौ २४ गते भएको जेनजीको प्रर्दशनकोक्रममा काठमाडौंको बानेश्वरमा भएको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दीपक श्रेष्ठ र नरेशकुमार यादव रहेका छन् । उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूले पनि त्यस लुटपाटमा कोको संलग्न रहेको भन्ने जानकारी नभएको प्रहरीसँग भनेका छन्।

गत भदौ २४ गते भएको प्रदर्शनमा निजी सार्वजनिक सम्पत्ति लुटपाट तथा तोडफोड भएको थियो। सो दिन साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड आगजनी गरेर सवा ५ करोड नगद र १७ हजार ९ सय ४५ ग्राम अर्थात् करिब १८ किलो सुनसमेत लुटिएको थियो।

साँझैदेखि सामाजिक सञ्जालमा आएका भिडिओमा केही मानिसहरू बैंकबाट रकम लिएर निस्किँदै गरेको देखिएको थियो। ठूलो रकम र सुन लुटिएको भएपनि बरामद भइसकेको छैन।