राष्ट्रसंघका वरिष्ठ पूर्वअधिकारी ड्यागिल्स बालयौन दुराचारमा दोषी ठहर
काठमाडौँ । सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी एवं क्यानेडियन नागरिक पिटर जोन ड्यागिल्सलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको छ । क्यानेडियन नागरिक ड्यागिल्सलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको सर्वोच्च अदालतका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।
न्यायाधीशद्धय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले वुधबार उनलाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतले जिल्ला अदालत काभ्रेपलान्चोक र उच्च अदालत पाटनको फैसला सदर गरेको छ। सर्वोच्चले दोषीको कैद जिल्ला र उच्च अदालतको भन्दा एक वर्ष कम गरेको छ। सर्वोच्चले ९ वर्ष कैद गर्ने जिल्ला र उच्चको फैसलालाई केही उल्टी गर्दै ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ। सर्वोच्चले क्षतिपूर्तिको हकमा भने जिल्लाकै फैसला सदर गरेको छ।
२०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरमा रहेको आफ्नै फार्म हाउसमा दुई जना नाबालिगसँग रंगेहात पक्राउ परेपछि नेपालमा उच्च तहका व्यक्तिको संलग्नतामा पेडोफाइल (बाल यौन दुराचार भएको) भनी अन्तर्राष्ट्रिय रूपमा चर्चा भएको थियो ।
पिटर संयुक्त राष्ट्रसङ्घ (युएन) का पूर्व वरिष्ठ कर्मचारी हुन् । क्यानाडेली नागरिक पिटरले संयुक्त राष्ट्रसङ्घको कन्ट्री रिप्रिजेन्टेटिभका रूपमा अफगानिस्तानमा काम गरिसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घको विशिष्ट पदमा रहेर काम गरिसकेका पिटर बाल–यौन दुराचारको अभियोगमा २०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरबाट पक्राउ परेका थिए । क्यानेडेली नागरिक पिटर धेरै पहिलेदेखि नै शङ्काको घेरामा भए पनि एक हाई प्रोफाइल व्यभिचारी भएकाले उम्कँदै आएका थिए ।
संयुक्त राष्ट्रसङ्घको उच्च तहको कर्मचारी भएकै आडमा उनी शङ्काको घेरामा परे पनि उन्मुक्ति पाउँदै आएका थिए । सन् २००२ देखि पटक पटक नेपाल आएका उनी बाल–यौन दुराचारकै लागि नेपाल आउने गरेको प्रहरी अनुसन्धानपछि अदालतमा दायर अभियोग पत्रमा दाबी गरिएको थियो ।
सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सिनिएर एड्भाइजरका रूपमा उ पहिलोपटक नेपाल आएको थियो। त्यतिबेला दुई वर्ष नेपालमा बसेको पिटर त्यसपछि पनि नेपाल आउने र जाने गरिरहन्थ्यो।
त्यही बिचमा पिटरको युएनको कन्ट्री रिप्रिजेन्टेटिभका रूपमा अफगानिस्तानमा ५ वर्षका लागि पोस्टिङ भए पनि उनी नेपाल आएका थिए । सन् २००२ देखि नै उसले नेपालमा बाल–यौन दुराचार गरेको प्रहरीको निष्कर्ष छ। त्यतिबेलादेखि नै पिटरले गरिब बालबालिकालाई पढाइदिने, आर्थिक सहयोग गर्ने र बदलामा बाल–यौन दुराचार गर्ने गरेको प्रहरीको भनाइ छ।
सन् २००२ देखि करिब ५० जना बालबालिकालाई आर्थिक तथा शैक्षिक सहयोग गरेको उसले उनीहरूमध्ये अधिकांशलाई यौन दुराचार गरेको बताइन्छ। सन् २००९ मा पिटरले नेपालमा काम गर्दाको सहयोगी चिरिकाजी महर्जनलाई प्रयोग गरेर उसले काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गा किनेर फार्म हाउस बनाएका थिए । त्यही फार्म हाउसलाई नै उसले आफ्नो यौन दुराचारको अखडा बनाएको अनुसन्धानबाट खुलेको थियो ।
तीन वटा मानार्थ पिएचडी र विभिन्न सम्मान पाएका थिए । अदालतले डाल्ग्लीशलाई पीडित बालकलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको थियो ।
डाल्ग्लीश निकै सम्मानित मानवीय कार्यकर्ता थिए। उनी विश्वभर छरिएका परियोजनाहरूमा आबद्ध थिए। विपन्न बालबालिकाको सेवाको लागि उनलाई सन् २०१६ मा ’अर्डर अफ क्यानडा’ भनिने देशकै दोस्रो ठुलो सम्मान प्रदान गरिएको थियो। सन् १९८० को दशकमा उनले अर्का एक जनासँग मिलेर स्ट्रिट किड्स इन्टरन्याशनल नामक संस्था स्थापना गरेका थिए । त्यो संस्था पछि सेभ द चिल्ड्रेन नामक संस्थासँग गाभिन पुग्यो।
उनी सन् २०१५मा अफगानिस्तानमा यूएन ह्याबिट्याटमा आबद्ध भएका थिए। नेपालमा चाहिँ उनी सन् २००० को दशकमा आईएलओका सल्लाहकार नियुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्: