Bagmati Samachar Logo

देवानगञ्जमा फेरि गोली चल्यो, दुईजना पक्राउ

फाइल फोटा

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा आज साँझ तिर गोली चलेको छ । गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

गोली लागेर देवानगन्ज गाउपालिका वडा नम्बर १ का निरज यादव घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गरे । उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

उनले त्यहाँ प्रहरी परिचालन गरी सकेको र आफू म त्यहीँ पुग्न लागेको जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर पक्राउ परेकाको पहिचानसहितका विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

यस अघि साउनमा देवानगन्जमा दूई समुदायका विचमा भएको झडप नियन्त्रणमा प्रहरीले गोली चलाउदा ३ जनाको मृत्यु भएको थियो ।