ताजा अपडेट
राजनीति

कांग्रेस सहमहामन्त्री दलिततर्फ प्रकाश स्नेही निर्वाचित

कांग्रेस सहमहामन्त्री दलिततर्फ प्रकाश स्नेही निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

अर्का उम्मेदवार मान बहादुर नेपाली १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…