Swornakshar Logo

हेटौंडामा तामाङ समुदायको सोनाम ल्होछार महोत्सव हुने

हेटौडा । तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई तावार ल्हो (बिरालो बर्ष) सोनाम ल्होछारको अवसरमा हेटौडामा सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ ।

बुधबार हेटौडामा पत्रकार सम्मेलन मार्फत नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको हो ।

कलाकार संघले ल्होछार साँस्कृतिक कार्यक्रमको मिति तय गरिसकेको थियो, कार्यक्रमलाई अझ बृहत बनाउन जिल्लाको तामाङ घेदुङको टिम सहित विभिन्न जातिय संघसंस्था संग मिलेर महोत्सबको रुपमा संयुक्त गर्ने अघि सारेको कलाकार संघका महासचिब रबिन्द्र थिङले बताए । अब हामी बृहत रुपमा गएका छौ, तामाङ गीत संगीतमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको प्रस्तुति रहने उनले जानकारी दिए ।

महोत्सब सफल बनाउन विभिन्न ९ उपसमितिहरु गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा शुरेस लामा, प्रचार(प्रसार उपसमितिमा आत्माराम मोक्तान, मन्च ब्यबस्थापनमा सानु लामा दोङ, अतिथि सत्कारमा माया घलान, कलाकार ब्यबस्थापन उपसमितिमा बिक्रम लुङ्गबा, स्वयंम सेवक संयोजकमा सबिन मोक्तान, मायाको चिनो ब्यबस्थापनमा रबिन्द्र थिङ, झाँकी ब्यबस्थापनमा पाल्साङ लामा, र स्टल ब्यबस्थापनमा सुभाष लामा रहेको छ ।

दुई दिन सम्म चल्ने महोत्सबमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो ९झाक्री०, ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, भेषभूषा र मौलिक खानाका स्टलहरु रहने आयोजकले जनाएको छ । तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै तामाङ घेदुङ संघिय समितिको (ग्रेन दिम) भवन खरिद सहयोगार्थ महोत्सबको तयारी गरिएको घेदुङ मकवानपुरको जिल्ला कार्यबहाक अध्यक्ष कालु घलानले बताउनु भयो ।

त्यस्तै, कलाकार संघबाट भाग्यशाली उपहार कार्यक्रम राखेको छ । उपहार कार्यक्रम मार्फत उठेको रकम संघको भवन निर्माणमा शुरुवात गर्न खर्च गरिने अध्यक्ष धिरेन लामाले बताए।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबाहक अध्यक्ष कालु घलान, सचिब आत्माराम मोक्तान, सल्लाहकार जिबनमान मोक्तान, मकवानपुर तामाङ कलाकार संघको अध्यक्ष धिरेन लामा, महासचिब रबिन्द्र थिङ, सल्लाहकार सानु लामा दोङ, तामाङ युवा घेदुङ सघिय प्रशिक्षण बिभाग प्रमुख सबिन मोक्तान, तामाङ घेदुङ हेटौडा उपमहानगर समितिको अध्यक्ष भिमलाल सिन्तान, नेपाल तामाङ युवा घेदुङ्ग मकवानपुर अध्यक्ष सुनिल लोप्चन लगायतको सहभागी रहेको थियो ।