Swornakshar Logo

माओवादी केन्द्रको महाधिवेशन हुने प्रज्ञामा भवनमा यस्तो छ तयारी (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन अन्तिम समयमा आठौं राष्ट्रिय महाधिवेशनमा रुपन्तरण गरिएको छ । आइतबारबाट सुरु हुने भनिएको सम्मेलन अब महाधिवेशनमा रुपान्तरण भएको छ ।

सुरुमा सम्मेलन भनेर त्यहि किसमको तयारी गरेको थियो । तर शनिबार माओवादीको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनमारुपान्तरण गरेको छ ।

उक्त निर्णय केन्द्रीय कमिटीले पनि अनुमोदन गरीसकेको छ । आइतबारबाट सम्मेलनलाई भनेर गरेको प्रचारप्रसारका बोर्ड ब्यानर महाधिवेशनमा रुपान्तरण भएका छन् ।

आयोजनास्थल प्रज्ञा भवन परिसर यस्तो देखिएको छ ।

महाधिवेशनस्थल प्रज्ञा भवनमा मुख्य प्रवेशद्वारको गेटदेखि भित्र कार्यक्रम स्थलमा पनि महाधिवेशनको ब्यानर लगाइएको छ ।