उदयपुरका ८ जनाले जिते कोरोना, कोरोना निको हुनेको संख्या ४५ पुग्यो

काठमाडौं । ७ जेठ । उदयपुुरका ८ जना कोरोना संक्रमित निको भएका छन् । निको भएसँगै उनीहरु बुधबार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४५ पुगेको छ ।
आज डिस्चार्ज हुनेहरू गत वैशाख ५ र ९ गते कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।
डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् ।
आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
आज ८ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्: