भारतीय सुरक्षाकर्मीले सीमाबाट मान्छे छिर्न प्रेरित गरे
काठमाडौं, प्रदेश नम्बर ५ मा कोरोनासंक्रमितको संख्या एक सय नाघेको छ।
भारतसँग सबैभन्दा धेरै खुल्ला सीमाना भएको प्रदेश पनि ५ नम्बर प्रदेश नै हो। पछिल्लो समय भारतबाट लुकीछिपी आएका व्यक्तिहरुमा धमाधम कोरोना देखिन थालेको छ।
प्रदेश ५ मा जति कोरोना देखिएका छन् त्यसको स्रोत भारत हो। नेपालगञ्जमा भारतबाट आएका संक्रमित मार्फत समुदायमा सरेको देखियो।
मुख्यमन्त्री पोखरेल भन्छन् हामीले भारतमा २१ दिन बसेकालाई ल्याउने काम गरेका छौँ। तर उहाँहरु क्वारेन्टिनमा नबसेकालाई पनि पठाउने काममा सक्रिय देखिनुहुन्छ। नाकामा आएकाहरुलाई क्वारेन्टिनमा नराखी कमजोर नाका खोजेर भित्र जान प्रेरित गर्ने जुन तरिका भारतीय सुरक्षाकर्मीबाट भैराखेको छ त्यो उचित होइन।
संक्रमितहरुलाई यात्रा गराउन मिल्दैन। डब्लुएचओको मापदण्ड अनुसार बिरामीले यात्रा गर्न मिल्दैन। भारतीय पक्षले तसर्थ संक्रमितहरुलाई यात्रा अनुमति दिनु पूर्णत गलत कुरा हो।
सीमा नाकाबाट लुकिछिपी आउनेलाई समेत क्वारेन्टिनमा बस्ने व्यवस्था गरेका छौँ। नाकाबाट आउनेलाई परीक्षण अनिवार्य गरका छौँ। तसर्थ हाम्रो कमजोरीले फैलने अवस्था छैन। तर संक्रमित भएर आएकाहरुको संख्या बढ्ने अवस्था छ।
भारतबाट आउनेहरुलाई परीक्षण र क्वारेन्टिन पछि मात्रै समुदायमा पठाउछौँ। हामी प्रदेश ५ मा दैनिक ६ सय परीक्षण गर्न सक्छौँ उनले भने।
हामी कहाँबाट गएर भारतमा संक्रमण देखियो भन्ने हामीले सुन्न पाएका छैनौँ। तर भारतबाट आउनेहरु संक्रमित भएकाले हामीले असर बेहोरिराखेका छौँ।
उनले थपे, तराईका सीमावर्ती क्षेत्रमा भारतीय बजारबाट धानको बिऊ ल्याउने गर्दा रहेछ। सर्टिफाइड धानका जात ल्याउन सहज पारिएको छ।
प्रतिक्रिया दिनुहोस्: