लकडाउनको समय सैनिक पोशाक दुरुपयोग गरि सवारी चलाउनेमाथि जंगीअड्डाको छड्के

काठमाडौ । ४ जेठ । नेपाली सेनाले सैनिक पोसाक लगाएर सवारी चलाउनेहरुको चेकजाँच थालेको छ । अवकाश प्राप्त सैनिक तथा सर्वसाधारण समेत सैनिक पोशाकको दुरुपयोग गर्न थालेपछि जंगीअड्डाले सडकमा चेकजाँच थालेको हो ।
जंगीअड्डाको उच्च तहको निर्देशनमा सैनिक प्रहरी गणले उपत्यकाका विभिन्न स्थानमा टोली पठाएर छड्के जाँच गर्न थालेको हो ।
जंगीअड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि विभिन्न स्थानमा सैनिक प्रहरी परिचालित गरिएको पुष्टि गरेका छन् । उनले भने, ‘विभिन्न ठाउँमा खटिएको टोलीले सैनिक पोशाक लगाएको व्यक्तिको मात्र चेकजाँच गर्नेछ ।’
आइतबार महाराजगञ्ज क्षेत्रमा खटिएको टोलीले सैनिक पोशाक लगाएर होटल चलाउने व्यक्तिलाई पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सैनिक प्रहरी स्रोतको जनाएको छ ।
यस्तै अन्य केही शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको सैनिक स्रोतको दाबी छ ।
सैनिक पोशाकमा हिँडेपछि चेकजाँच नहुने भएकाले ।लकडाउनको समयमा अवकाश प्राप्त सैनिक अधिकृत पनि पद वहालीमा रहँदाको पोशाक लगाएर बाहिर निस्किने गरेको सूचना जंगीअड्डाले पायपछि चेकजाँच दुरुपयोग हुन नदिन चेकजाँच थालेको बताय ।
प्रतिक्रिया दिनुहोस्: