गाउँपालिका अध्यक्षले डोजर चलाउन खोजेपछि झडप

काठमाडौं । २७ वैशाख । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक निर्माण गर्न डोजर चलाउन खोजेपछि झडप भएको छ ।
सडक निर्माण योजनामा गाउँपालिका अध्यक्षले आफ्नै डोजर चलाउनुपर्ने माग गर्दा वडा अध्यक्ष मानबहादुर भण्डारीले अस्वीकार गरेका कारणले झडप भएको स्थानीयले बताएका हुन् ।
सडक निर्माण योजनामा गाउँपालिका अध्यक्षले आफ्नै डोजर चलाउन माग गरेको र वडा अध्यक्षले डोजर नचलाएर युवाहरूलाई परिचालन गर्नुपर्ने माग राखेका स्थानीयले शक्ति भण्डारीले बताए ।
‘गाउँपालिका अध्यक्षले कार्यदल लगाएर वडा अध्यक्षमाथि हातपात गर्नुभयो’, उनले भने, ‘त्यसपछि कार्यदल र स्थानीय युवाबीच झडप भएको हो ।’
झडपमा परी वडा अध्यक्ष मानबहादुर भण्डारी, धनबहादुर भण्डारी गम्भीर घाइते भएको र गाउँपालिका अध्यक्ष उनीकी श्रीमतस् एक जना कार्यदलको सदस्य पनि घाइते भएको स्थानीयले बताए ।
घटनाका विषयमा एक पक्षीय मात्र प्रचार भएको र नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का गाउँपालिका अध्यक्ष बिष्णुबहादुर रोकाया बेपत्ता भएको नेकपा वडा नं. १ अध्यक्ष शक्ति भण्डारीले बताए ।
उनले भने, ‘घटनामा विषयमा एक पक्षीय मात्र समाचार बाहिर आएका छन् ।’
गाउँपालिका अध्यक्ष र नेकपाबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । नेकपाले अध्यक्ष बमलाई लामो समयदेखि कारबाहीको माग गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्: