Bagmati Samachar Logo

परराष्ट्रले नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह

काठमाडौँ |२७ वैशाख | नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न पराष्ट्र मन्त्रालयले भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको हो ।

भारतले नेपाली भूमाग मिचेर चिनको धार्मिक स्थल मानसरोवर जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारको आघिकारिक प्रतिक्रिया आएको छ । परराष्ट्रले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त रोड नेपाली भूभाग रहेको बताएको छ । नेपालले पहिल्यैदेखि भन्दै आएको छ, भारतले हिजो उद्घाटन गरेको लिपु लेक जोड्ने लिंकरोडको क्षेत्र नेपाली भूमि हो परराष्ट्रको जारी विज्ञप्तिमा भनिएको छ ।

सुगौली सन्धिअनुसार लिम्पीयाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्विक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ । ुविगतमा यो नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत नेपाल सरकारले यसलाई दोहोर्याएको थियो । जारी विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्रले एकपक्षीय कार्य दुई देशबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ । सरकार २ देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको