Bagmati Samachar Logo

बजेट अधिवेशनको समय संसदमा लैजान निषेधित बस्तुहरु

काठमाडौँ । २५ वैशाख बिहिबार । कोरोना संक्रमणको जोखिमका बीच सुरु हुन लागेको बजेट अधिवेशनमा चस्मा समेत लगाएर जान नपाइने भएको छ । संसद सचिवालयले कलम, डायरी र औषधिसमेत संसदभित्र लैजान निषेध गरेको हो ।

शुक्रबार बेलुका ४ बजेदेखि संसद अधिवेशन सुरु हुँदै छ ।

विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वार छन् । त्यहाँ निषेधित वस्तुहरुको सूची टाँस गरिएको छ ।

सूचीमा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत साथमा राख्न नपाइने उल्लेख गरिएको छ ।

पत्रकारहरुले डायरी र कलम नै बोक्न नपाउने अचम्मको नियम संसद सचिवालयले बनाएको हो । चस्मा र औषधिसमेत निषेध गरिएकाले दृष्टि कमजोर भएका र नियमित औषधि खानेहरु पनि मर्कामा पर्ने देखिएको छ ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, असावधानीबस त्यस्तो हुन गएको हो र सूचीलाई सच्याउने बताए । सच्चिएर कस्तो सूची आउने हो, हेर्न बाँकी छ ।