Bagmati Samachar Logo

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । २१ वैशाख । नेपालमा आइतबार मात्र १६ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ । कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
आइतबार दिउँसो नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो।

साँझ थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जकै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गरेको हो ।

आइतबार साँझ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ पुरुष र ३ महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । नेपालगन्ज ८ का १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।