Bagmati Samachar Logo

लकडाउन खुकुलो गर्न कार्ययोजना बन्यो

काठमाडौं । २१ बैशाख आइतवार । कारोना त्रासका कारण देशै लकडाउन हुँदा
जनताको जनजीवन कस्टकार बनेकोछ साथै मुलुकको अर्थतन्त्र समेत डामाडोल बन्दै गएकोछ यहि जटिलतालाई मध्यनजरगरदै सरकारले लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।

गत ४० दिनदेखि कोभिड–१९ को सम्भावित महामारी कम गर्न देशभर लकडाउन जारी भैरहँदा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।

जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ ।

ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको हो ।

यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ ।