कोरोनालाई जितेर छोरासँगै घर फर्किइन् ८१ वर्षीया आमा
काठमाडौं । ११ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टका दुई जना कोरोनालाई सक्रमणबाट सन्चो भएर घर फर्किएका छन्।
कोरोना भाइरसको संक्रमण देखिएपछि पाटन अस्पताल भर्ना भएका ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष निको भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनका अनुसार उनीहरु अस्पतालबाट डिस्चार्जपछि घर फर्किसकेका छन्। कोरोनालाई जितेर घर फर्किने महिला र पुरुष आमाछोरा हुन्।
बेलायतबाट फर्किएको झण्डै एक महिनापछि एकै परिवारका तीन जनामा कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई गत वैशाख १ गते पाटन अस्पताल भर्ना गरिएको थियो। पीसीआर टेष्टमा कोरोना नेगेटिभ देखिएपछि बुहारी भने यसअघि नै घर फर्किसकेकी थिइन्। उनीहरु ११ दिन अस्पताल बसेका हुन् ।
उनीहरूसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ९ पुगेको छ। यसअघि सात जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका थिए।
प्रतिक्रिया दिनुहोस्: