Bagmati Samachar Logo

सैनिक मुख्यालमा सुरक्षा प्रमुखको बैठक

काठमाडौं । ८ वैशाख । नेपाली सेनाको मुख्यालय भद्रकालीमा चार वटै सुरक्षा निकायका प्रमुखहरूको बैंठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैंठक सोमबार बसेको हो ।

बैठकमा कोरोना भाइसर ९कोभिड–१९० नियन्त्रण र समन्वयबारे छलफल भएको सैनिक मूख्यालयले जनाएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बल प्रमुख आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारी सहभागी थियो ।