मन्त्रिपरिषद्ले पारित गर्यो २ अध्यादेश

काठमाडौं । ८ वैशाख । आज बसेको मन्त्रीपरिषको बैठकले २ अध्यादेश पारित गरेको छ । संसद चलेको बेला पारित गर्न नसकेको संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संशोधन गर्दै प्रमुख प्रतिपक्ष दलको नेताविनै संवैधानिक परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने गरी अध्यादेश पारित गरेको हो ।
यससँगै सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत् नै संशोधन गरेको छ ।
संवैधानिक नियुक्तिहरूमा प्रमुख प्रतिपक्ष दलका नेताले अड्को थाप्ने गरेको निष्कर्ष निकाल्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्थासहितको अध्यादेश पारित गरेको हो ।
प्रधानमनमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रतिनिधि रसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र सरकारका ३ जना मन्त्री रहने व्यवस्था छ ।
यो व्यवस्थासँगै अब प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा पनि संवैधानिक परिषद्ले बैठक बसाएर निर्णय गर्न सक्नेछ । यसअघि प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा निर्णय लिन नसकिने कानुनी प्रवधान थियो ।
संसदको अघिल्लो अधिवेशसनमै पेस गरिएको संशोधन तीव्र विवादपछि पारित हुन सकेको थिएन ।
यसैगरी मानवअधिकार आयोगसम्बन्धी ऐन संशोधन गर्न ल्याएको विधेयक पनि विवादको कारण पारित हुन सकेको थिएन । सरकारले सोमबारको निर्णयको नजिरलाई टेक्दै योसहित संसदमा अड्किएका सबै विधयेक अध्यादेशमार्फत् ल्याउने खतरा बढेको विश्लेषकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्: