Swornakshar Logo

कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किए

काठमाडौं । ७ वैशाख । सेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना भाइरसमुक्त भएर २१ वर्षीय राज विक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज दिएको हो ।

लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका विक १६ दिन अस्पताल बसेपछि उनी कोरोनालाई जितेर घर फर्केका हुन् । भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पतालमा अन्य ४ जना संक्रमितको उपचार जारी छ । धनगढी उप–महानगरपालिका(५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र लम्की चुहा नगरपालिका १ कि ६५ वर्षीया महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको उपचारमा संलग्न सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।

सुदूरपश्चिममा पछिल्लो सात दिनयता कोरोना संक्रमितको संख्या स्थिर छ । संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।